मिसन संवादाता : बर्दिया,६ फागुन/ संस्थागत विद्यालय अन्तर्गत आधारभुत तहका शिक्षकहरुका लागि ५ दिने अनुकुलित पूनःर्ताजकी तालिम बर्दियाको बाँसगढीमा शनिबार सकिएको छ ।
शैक्षिक तालिम केन्द्र बाँकेको आयोजना र एनप्याब्सन बर्दियाको सहयोगमा फागुन १ गते देखि ५ गतेसम्म सञ्चालन भएको तालिममा बर्दिया जिल्लाका करिब ५० बढी संस्थागत आधारभुत तहका शिक्षकहरुको सहभगिता रहेको थियो ।
तालिमबाट कक्षा व्यवस्थापन, उत्प्रेरणा, शिक्षण क्रियाकलाप, शिक्षण सिकाई लगायत महत्वपुर्ण ज्ञानहरु आर्जन गरेको सहभागी गोल्डेन फ्युचर बोडिङ्ग स्कुल बेलवाका प्रिन्सिपल सतिस चौधरीले बताए ।
त्यस्तै प्याराडाईज एकेडेमीका शिक्षक लिलारानी थारुले पनि तालिमले शिक्षण सँगसँगै व्यक्तिगत जिवनमा पनि सकारात्मक प्रभाव पारेको बताइन् । शैक्षिक तालिम केन्द्र बाँकेका वरिष्ठ प्रशिक्षक रामलाल खड्काको अध्यक्षतामा भएको समापन कार्यक्रममा बाँसगढी नगरपालिका नगर प्रमुख सालिकराम अधिकारी, एनप्याब्सन बर्दियाका अध्यक्ष बुद्ध गिरी, शैक्षिक तालिम बाँकेका प्रशिक्षक जगत तिमिल्सिना, बबई बहुमुखी क्याम्पसका उपप्रध्यापक तथा अधिवक्ता यमलाल भाट लगायतको उपस्थिति रहेको थियो ।
तालिममा शैक्षिक तालिम केन्द्र बाँकेका वरिष्ठ प्रशिक्षक रामलाल खड्का र प्रशिक्षक जगत तिमिल्सिनाले सहजीकरण गरेका थिए । साथै समापन कार्यक्रममा सहभागी शिक्षकहरुलाई प्रमाण पत्र बितरण पनि गरिएको थियो ।