24 September 2023  |   आइतवार, अशोज ७, २०८०

आज कोहलपुरको बसपार्कमा सरसफाई गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४  

कोहलपुर,६ फागुन/  ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कोहलपुर नगरपालिकाको आयोजनामा आज विहान ७ बजे कोहलपुरको बसपार्कमा सरसफाई गरिन लागेको हो ।

नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार रहेक स्थानीय तहहरुमा विविध कार्यक्रमहरु गरी यही फागुन ६,७ र ८ गते तीन दिन सम्म ६८ औं राष्ट्रि प्रजातन्त्र दिवस हर्षउल्लासपूर्वक मनाउने निर्देशन गरिएको छ ।

यसै क्रममा कोहलपुर नगरपालिकाले पनि यही फागुन ६ गते कोहलपुरको बसपार्कमा बिहान ७ बजे देखि सरसफाई गर्ने कार्यक्रम निर्धारण गरेको छ ।

साथै कोहलपुर नगरपालिकाले आज हुने सरसफाई कार्यक्रममा नगरपालिकाका सबै जनप्रतिनिधिहरु , कर्मचारीहरु, पत्रकारहरु , सरकारी कार्यालयहरुका कर्मचारीहरु , विभिन्न संघ –संस्थाका प्रतिनिधिहरु , विद्यालयका शिक्षक÷शिक्षिका – विद्यार्थीहरु लगायत सबैलाई सो सरसफाई कार्यक्रममा सहभागी हुने आग्रह गरेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पे्रम प्रसाद देवकोटाले बताए ।

प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४     7:20:31 AM  |