17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

भोलि कोहलपुरको बसपार्कमा सरसफाई गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४  

कोहलपुर,५ फागुन/ ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कोहलपुर नगरपालिकाको आयोजनामा भोलि (आइतबार ) बिहान ७ बजे कोहलपुरको बसपार्कमा सरसफाई गरिन लागेको हो ।

नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार रहेक स्थानीय तहहरुमा विविध कार्यक्रमहरु गरी यही फागुन ६,७ र ८ गते तीन दिन सम्म ६८ औं राष्ट्रि प्रजातन्त्र दिवस हर्षउल्लासपूर्वक मनाउने निर्देशन गरिएको छ ।

यसै क्रममा कोहलपुर नगरपालिकाले पनि यही फागुन ६ गते कोहलपुरको बसपार्कमा बिहान ७ बजे देखि सरसफाई गर्ने कार्यक्रम निर्धारण गरेको छ ।

साथै कोहलपुर नगरपालिकाले आज हुने सरसफाई कार्यक्रममा नगरपालिकाका सबै जनप्रतिनिधिहरु, कर्मचारीहरु, पत्रकारहरु, सरकारी कार्यालयहरुका कर्मचारीहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, विद्यालयका शिक्षक÷शिक्षिका, विद्यार्थीहरु लगायत सबैलाई सो सरसफाई कार्यक्रममा सहभागी हुने आग्रह गरेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पे्रम प्रसाद देवकोटाले बताए ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४     9:09:23 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *