24 September 2023  |   आइतवार, अशोज ७, २०८०

नेपालले मार्च ४ मा जिम्वावेसँग पहिलो वर्ल्डकप क्वालिफायर खेल खेल्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४  

काठमाण्डाैं,५ फागुन/    अर्को महिना जिम्वावेमा हुने आइसीसी वान डे वर्ल्ड कप क्वालिफायरमा नेपालले घरेलु टोली जिम्वावेसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ ।

डिभिजन टू को उपविजेता बनेपछि समूह बी मा परेको नेपालले मार्च ४ मा जिम्वावेसँग पहिलो खेल खेल्ने पक्का भएको छ । त्यसअघि नेपालले फेब्रुअरी २७ मा युएईसँग तथा मार्च १ मा हङकङसँग वार्म अफ म्याच खेल्ने तालिका छ ।

नेपालले वल्र्डकप क्वालिफायरको दोस्रो खेल मार्च ८ मा स्कटल्याण्डसँग, तेस्रो खेल मार्च १० मा अफगानिस्तानसँग तथा चौथो खेल मार्च १२ मा हङकङसँग खेल्नेछ ।

नेपाल यस समूहमा शीर्ष तीन स्थानमा रहनेसके क्वालिफायरको सुपर सिक्स राउण्डमा प्रवेश गर्नेछ ।

सुपर सिक्सको लिग खेलपछि शीर्ष दुई स्थानमा रहदै फाइनल पुग्ने टोली सन् २०१९ मा इंगल्याण्डमा हुने वर्ल्डकपमा छनोट हुनेछन् ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४     7:52:37 AM  |