नेपालगञ्ज,२९ माघ/ साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना द्धारा सञ्चालित उपआयोजना अन्तर्गतका ब्यवसाय तथा उद्योगहरुको दिगोपनाको लागि योजनाले विशेष ध्यान दिन सहभागीहरुले जोड दिइएको छन् ।
आयोजनाको पुरक अनुदानमा सञ्चालित जिल्लाका अधिकांस उपआयोजनाहरुको उपलब्धि एकदम उच्च नाफामुलक देखिएकोले यसको दिगो निरन्तरताको लागि सरोकारवालाहरुले जोड दिएका थिए ।
जिल्ला कृषि विकास कार्यालय बाँकेद्धारा आयोजित साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको उपआयोजना तथा सरोकारवाला बीच प्रगति समीक्षा गोष्ठीमा प्रस्तुत भएका उद्योग ब्यवसायहरुको प्रगति अनुसार कुल लगानीमा समग्ररुपमा १ सय २८ प्रतिशतले नाफा आर्जन गरेको पाइएको छ ।
कार्यक्रममा बोल्दै वरिष्ठ कृषि विकास अधिकृत कृष्ण बहादुर बस्नेतले कृषि पेशा बाहेक अन्य कुनै क्षेत्रमा यस्तो नाफा प्रतिफल हुनै नसक्ने बताए । साना तथा मझोैला कृषक आयस्तर वृद्धि आयोजना अन्तरगतका उपआयोजनाका किसान तथा अनुदानग्राहीहरु अन्य क्षेत्रका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताँउदै आयोजनाले लगानीकर्तामा समेत आत्मबल तथा ब्यवसायिकता बढाएको उनको भनाइ छ ।
यस्तो एकमुष्ट अनुदान अन्य परियोजनाले किसानलाई उपलब्ध नगराएको स्मरण गराँउदै सम्झौता अनुसारको दिगोपना तथा गुणस्तर तथा प्रभावकारितामा कायम रहन सबैलाई आग्रह गरे । कृषि उद्यम केन्द्रका ब्यवस्थापक बेद बहादुर रोकायले राम्रो प्रगतिमा रहेका कृषक अनुदानग्राहीहरुलाई शुभकामना दिँदै अन्य अनुदानग्राहीलाई पनि उत्साहित गर्ने सुभाव दिए ।
कार्यक्रममा बोल्दै साना तथा मझोैला किसान आयस्तर वृद्धि आयोजनाका अनुगमन तथा मुल्याङकन अधिकृत देवराज भुसालले कार्यक्रमको दिगोपनालाई निरन्तरता दिन कृषि विकास कार्यालयको समन्वयकारी भूमिका महत्वपुर्ण भएको बताए । अनुदानग्राहीहरुले सम्झौता गर्दा उल्लेख भएको उपआयोजनाको अवधिलाई स्मरण गराँउदै जिल्ला कृषि विकास कार्यालय तथा स्थानीय तहमा रहने कृषि कार्यालयको साखाको निरन्तर सम्पर्कमा रहेर
काम गर्न गराउन उनले सबैलाई सुभाव दिए ।









प्रतिक्रिया दिनुहोस्