अख्तियारले मनायो २७ औं स्थापना दिवस



नेपालगञ्ज,२८ माघ/   आइतबार बाँकेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७ औं स्थापना मनाएको छ ।

आयोगको क्षेत्रीय कार्यालयले नेपालगञ्जमा गरेको कार्यक्रममा बोल्ने सहभागीहरुले अख्तियारले भ्रष्टचार नियन्त्रण गर्न सघाउ पु¥याए पनि त्यसले अझै प्रभावकारी ढंगबाट काम गर्न जरुरी रहेको वताएका छन् ।

कार्यालय प्रमुख इश्वर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणाले मुहान सफा भएमात्रै भ्रष्टाचार नियन्त्रण हुने बताए ।

स्थापना दिवसका अवसरमा साता व्यापी कार्यक्रम सम्पन्न गरेको कार्यालयले निवन्ध प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरष्कार तथा प्रमाणपत्र वितरण गरेको थियो ।

उक्त निवन्ध प्रतियोगितामा त्रिभुवन नमूना मावि कोहलपुरका गरिमा रोका प्रथम, सोही विद्यालयका प्रतिक सिलवाल द्धितीय र जनज्योति माविका प्रकाश आचार्य तृतीय भएका छन् ।

सदाचार, निष्पक्षता र निर्भिकता, हाम्रो चाहना, स्वच्छ, पारदर्शी जिम्मेवारी र भ्रष्टाचारयुक्त राज्य संयन्त्रणको स्थापना भन्ने मूख्य नाराका साथ दिवस मनाइएको हो ।

कार्यक्रम अघि धम्वोजी चोकबाट विपिचोकमा प्रभातफेरि गरियो भने चेतनामुलक सडक नाट्क समेत प्रर्दशन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २८ गते आइतबार