रावन बिश्वकर्मा : बर्दिया,२७ माघ/ नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दियाको १२ औँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । २६ र २७ गते बर्दियाको गुलरियामा भएको अधिवेशनबाट निराजन चापागाईको अध्यक्षतामा २४ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा शिव कोइराला, महिला उपाध्यक्षमा गौरी सापकोटा, सचिवमा कमल सुबेदी, कोषाध्यक्षमा नारायण अधिकारी, सहसचिवमा शोभा ज्ञवाली, सहकोषाध्यक्षमा रैमती रसाइलीलाई चयन गरिएको छ ।
जिल्ला समितिमा भुगोलबाट गुलरिया नगरपालिकाबाट २ जना र अन्य स्थानीय तहबाट १÷१ जना, महिला सदस्यमा ५ जना, समावेशी तर्फ २ जना, संस्थागत विद्यालयबाट २ जना र पुर्व शिक्षकहरुबाट २ जना सदस्य छनोट गरिएको छ । त्यस्तै केन्द्रीय प्रतिनिधि मोतिराम शर्मा, प्रमोद धिताल, ढाकाराम लामिछाने, गोपाल सुबेदी र सिता लामिछानेलाई छनोट गरिएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष खुमलाल शर्मा, कन्द्रीय सदस्यहरु शिव कुवर, अम्बिका चापागाँई, भेरी अञ्चल कोषाध्यक्ष ईश्वरी खनाल, नेकपा एमाले बर्दिया जिल्ला अध्यक्ष हरि ज्ञवाली, उपाध्यक्ष लालबहादुर श्रेष्ठ सचिव शालिकराम अधिकारी लगायत शिक्षक संगठनका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । जिल्ला कार्य समिति अध्यक्ष लोकमणी आत्रेयको अध्यक्षतामा भएको अधिवेशनमा जिल्ला भरीका संगठनमा आवद्ध १ हजार २ जना सदस्यहरुको सहभागीता रहेको बाँसगढी नगर समिति अध्यक्ष फणिन्द्र प्रसाद ढुंगानाले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्