भारतले च्याम्पियन्स ट्रफि र विश्वकप आयोजना गर्न नपाउने सम्भावना



काठमाडौं,२७ माघ/ भारतीय क्रिकेट बोर्ड (बिसीसीआई)ले कर छलिको घटनाले भारतलाई ठुलो घाटा लाग्ने देखिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीको पछिल्लो निर्णय अनुसार भारतले दुई ठूला क्रिकेट प्रतियोगिता आयोजनाको मौका गुमाउने सम्भावना बढेको छ ।

भारतले २०२१ को च्याम्पियन्स ट्रफि र २०२३ को एकदीवसिय विश्वकप आयोजना गर्ने निधो आइसिसीले यसअघि गरेपनि पछिल्लो पटक यसको विकल्प खोजिरहेको बताइएको छ । भारतीय सरकारले बिसीसीआईमा आइसीसीबाट आएको फन्डको कर छलि गरेको आरोप लगाएको थियो । जसका कारण बिसीसीआईले एक सय मिलियन अमेरिकी डलर गुमाउने भएको छ ।

च्याम्पियन्स ट्रफि आउन अझै तीन वर्ष बाँकि रहेपनि २०१६ मा भएको टी–२० विश्वकपको कर अझै चुक्ता हुन सकेको छैन । जसका कारण आइसीसीले २० देखि ३० मिलियन अमेरिकी डलर घाटा ब्यहोरेको थियो । सो बेला स्टार इन्डियाले आइसीसीको मिडिया अधिकार किनेबापत १० प्रतिशत कर तिरेपनि भारतीयर सरकारले आइसीसीलाई रकम निकासाका लागि अस्विकार गर्दै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २७ गते शनिबार