रेडक्रसले मनायो शाखाको १३ औं स्थापना दिवस



कोहलपुर,२६ माघ/   नेपाल रेडक्रस सोसाईटी गनापुर उपशाखा कार्यालयले बिहिबार आफ्नो उपशाखाको १३ औं स्थापना दिवस मनाएको छ ।

सभाको प्रमुख आतिथ्य नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयका कार्यवाहक अध्यक्ष अजित कुमार शर्मा रहेको स्थापना दिवसमा सभाको अध्यक्षता नेपाल रेडक्रस सोसाईटी गनापुर उपशाखा कार्यालयका अध्यक्ष माया गुरुङले गरेकि थिइन् ।

सभामा आर्थिक प्रगति प्रतिवेदन कार्यालयका कोषाध्यक्ष जसगर अलि तेलीले गरेका थिए भने संस्थागत प्रतिवेदन सचिव जगदिश प्रसाद हरिजनले प्रस्तुत गरेका थिए । सचिव हरिजनले प्रस्तुत गरेको प्रतिवेदनमा उपशाखाले जुनिर सर्कल गठन गर्ने काम गरिरहेको छ भने उद्धार तथा राहत उपसमिति गठन गरी आफ्नो गतिविधिहरुलाई समुदायसम्म पु¥याइरहेको उल्लेख छ । गनापुर उपशाखामा आजिवन सदस्य १ सय ६ जना रहेका छन भने साधारणसदस्य १ सय २३ जना रहेका प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उपशाखाले स्वास्थ्य सेवा, जनचेतना अभियान, जुनियर रेडक्रस गतिविधि, उत्प्रेरणा गोष्ठी, किटजन्य रोगको रोकथाम लगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको सचिव हरिजनले बताए ।

आर्थिक प्रगति प्रतिवेदनमा आ.व २०७३÷०७४ मा जम्मा ३० हजार ६ सय ६ रुपैया आम्दानी रहेकोमा खर्च २५ हजार ६ सय पैसठ्ठी रुपैया खर्च गरेको छ । बैंकमा ४ हजार ९ सय ४१ रुपैया मौज्दात रहेको कोषाध्यक्ष तेलीले बताए । यस्तै गनापुर उपशाखा कार्यालयले आगामी आर्थिक वर्ष २०७४÷०७५ मा १५ लाख २७ हजार ३ य ७५ प्रस्तावित रकम पेश गरेको छ भने विभिन्न शिर्षकमा गरी कुल १५ लाख १२ हजार ५ सय ७५ खर्च रुपैया प्रतावित गरेको कोषाध्यक्ष तेलीले जानकारी गराए ।

उपशाखालाई विभिन्न समयमा योगदान पु¥याईएका संघसंस्था तथा व्यक्तित्वलाई शाखा कार्यालय गनापुरले प्रसंशा पत्र प्रदान गरी सम्मान गरेको छ । सम्मान हुनेहरुमा श्री नं. ४ वाहिनी अड्डा राँझा, भैरब दलगण, मुनतारा ई.मि. स्कुल, पशुपति इ.मि. स्कुल, दुखिराम लोनिया, राजेन्द्र राम सिह, सुरज शाह, अव्दुल अजिज मन्सुरी लगायतलाई उपशाखाले प्रशंसा पत्र प्रदान गरि सम्मान गरेको छ ।

यस्तै शाखाले आजिवन सदस्यहरुलाई दान बक्स र प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ । उपशाखाको सभा कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य, गित, गजल समेत प्रस्तुत गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रबार