अर्वान फोरममा कोहलपुरकी उपमेयर थारु सहभागी



मलेशियाको क्वालालम्पुरमा हुने नवौं विश्व अर्वान फोरममा कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी थारु नेपालबाट सहभागी हुने ५ जनाको टोलिमा सहभागी हुने अवसर पाएकी छिन् ।

यूनाइटेड सीटीज एण्ड लोकल गभरमेन्ट एशिया प्यासिफिकको आयोजनामा बिहिबार साँझ देखि ४ दिनसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी हुन उपप्रमुख मलेशिया प्रस्थान गरेकी छिन् ।

एशियाका विभिन्न राष्ट्र, शैक्षिक संस्था, प्राविधिक संस्था, पेशागत संघ संगठन, नागरिक समाजका अगुवा गरी सो कार्यक्रममा २५ हजारको सहभागिता रहने आयोजकले जनाएको छ ।

नेतृत्व तहमा महिलालाई अवसर कि चुनौती, महिलाको क्षमता अभिवृद्धि गर्न यूवा महिला नेतृत्वको अवस्था, लैगिंक समानताका नीति तथा योजना आदि विषयमा छलफल हुने कार्यक्रममा सहभागी कोहलपुर नगरपालिका उपप्रमुख थारुले जानकारी दिएकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २५ गते बिहीबार