कोहलपुर,२५ माघ/ क्षेत्रीय ट्राफिकको ‘सवारी जाँच तथा लागु औषध नियन्त्रण सिधा कार्यक्रम’ बुधबार पनि जारी रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनकारी गराएको छ ।
सो कार्यक्रम अन्तरगत बुधबार रत्न राजमार्गको कोहलपुर–सुर्खेत खण्डको चिसापानी नजिक ट्राफिक प्रहरी, ईलाका प्रहरी कार्यालय कोहलपुर,क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्जका चिकित्सक सहितको टोलीले राजमार्गमा सवारी चेक जाँच तथा सवारी चालकहरुको स्वास्थ्य अवस्थाको परीक्षण गरेको थियो ।
चिकित्सकहरुले चालकहरुको प्रेसरको अवस्थाको बारेमा परीक्षण गरेका थिए । परीक्षण गर्दा सवारी चलाउनै नमिल्ने अवस्था कोही चालकको नभए पनि लामो दुरीमा हेभ्भी सवारी चलाउदा केही समय रेष्ट तथा रिफ्रेस हुनु पर्ने अवस्थामा रहेका चालकहरुलाई त्यसको बारेमा ट्राफिक प्रहरी उपरीक्षक राजेन्द सिंह खड्काले काउन्सिलिङ गरेका थिए ।
खड्काले चालकहरुलाई सुरक्षीत गन्तव्यमा पुग्न र यात्रु तथा सवारी साधनलाई सुरक्षीत राख्न चलाकले ध्यान दिनु पर्ने विषयमा सचेत गराएका थिए । बुधबार १ सय ६७ जना चालकहरुको प्रेसर चेकजाँच गरिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ ।









प्रतिक्रिया दिनुहोस्