कोहलपुर महोत्सवको तयारी अन्तिम चरणमा



कोहलपुर,२५ माघ/   यही माघ २६ गतेदेखि फाल्गुण ८ गते सम्म कोहलपुरको न्यूरोड मैदानमा सञ्चालन हुन गइरहेको ‘कोहलपुर औद्योगिक ब्यापार मेला तथा पर्यटन महोत्सव २०७४ ’ को तयारीको बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

“देश निर्माणमा कृषि, जडीबुटी, उद्योग र ब्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मूल नारा सहित आयोजना गरिएको महोत्सवबाट बचतबाट कोहलपुर उद्योग वाणिज्य संघको बहुउद्देस्यीय नयाँ भवन बनाउने मुख्य उद्देस्य रहेको संघका उध्यक्ष चक्र बहादुर अधिकारीले पत्रकारहरुलाई जनाकारी गराएका छन् ।

महोत्सवमा थारु गाउँका ११ , होटल १८, कृषि,जडीबुटी,अचार, कृषि सँग सम्बन्धित बस्तुहरुको प्रदर्शनका लागि ७५, व्यवसायी(लत्ता, कपडा, फेन्सी तथा अन्य) २०० र अन्य गरी करिब ३०० बढी स्टलहरु रहने बताइएको छ ।

महोत्सवको ९५ प्रतिशत काम भइसकेको र उद्घाटन हुने समय सम्म सम्पूर्ण तयारी भइसक्ने आयोजकले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २५ गते बिहीबार