रावन विश्वकर्मा : बाँसगढी,२३ माघ/ दोस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया महोत्सव सकिएको छ । माघ १२ गते देखि सुरु भएको महोत्सवको सोमबार समापन गरिएको छ ।
बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष कटक बिसीको अध्यक्षतामा भएको समापन कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी, उपप्रमुख सुष्मा चौधरी, ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाही, नगर विकास समितिका अध्यक्ष लिलाधर शर्मा, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरीक्षक चक्र बहादुर डम्बर पाल, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तिलक हमाल, नेपाली काँग्रेसका नगर सभापति गोविन्द प्रसाद शर्मा, माओवादी केन्द्रका भिम खत्री लगायत सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख, उद्योगी व्यापारी लगायतको सहभागीता रहेको थियो ।
समापन कार्यक्रममा महोत्सव सफल पार्न सहयोग पु¥याउने आयोजक टिम, व्यवस्थापक, सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न संस्था तथा व्यक्तिहरुलाई मायाँको चिनो वितरण गरिएको थियो ।
महोत्सवको अन्तिम दिन लोकदोहोरी गायक खुमन अधिकारी, ससि रावल, भिम लिम्बु लगायत राष्ट्रि«य कलाकारहरुको प्रस्तुतिले महोललाई गर्मागर्मी बनायो । लोकदोहोरी गायक खुमन अधिकारीले तल परिन्न, मायाँले बाटेको डोरी, नभन के गरु, मुटु नै हल्लीयो जस्ता गित गायर दर्शकहरुलाई नचाए ।
त्यस्तै ससी रावलले पनि बलास्ट हुने वाला छ मेरो जवानी लगायतका गितहरुले दर्शकहरुलाई मनोरञ्जन दिईन भने भिम लिम्बुले पनि आफ्नो बेजोड प्रस्तुती राखे । ‘‘उद्योग व्यापार कृषि पर्यटन र कला संस्कृतिको पहिचान, ग्रामीण प्रविधि वैज्ञानिक प्रविधिहरुको वृहत प्रदर्शनीको अभियान’’ भन्ने मुल नारा सहित बाँसगढी उद्योग वाणिज्य संघको मुख्य आयोजना, बाँसगढी नगरपालीकाको आयोजना र उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर ५ को सह आयोजनामा माघ १२ गते महोत्सव सञ्चालन भएको थियो । महोत्सवमा २ सय बढी स्टलहरु रहेका थिए









प्रतिक्रिया दिनुहोस्