यम घिमिरे : बर्दिया,२१ माघ/ गरिब तथा विपन्न परिवारका महिलाहरुलाई आय आर्जनमा पंहुच पु¥याई आर्थिक रुपले आत्मनिर्भर बनाउने उद्देश्ययले बर्दियाको मधुवन नगपालिका वडा नं –६ ले तीन महिने ब्युटीपार्लर तालिम शनिबारबाट शुरु गरेको छ ।
मधुवन नगरपालिकाकी उपप्रमुख सुवरानी थारुले तालिमको एक समारोहका बीच सो तालिमको उद्घाटन गरेकी छिन् । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दे उपप्रमुख सुवरानी थारु, वडा नम्बर ६का वडा अध्यक्ष भक्तबहादुर सुनारले महिलाहरु आर्थिक रुपले आत्मनिर्भर भएमा गरिब तथा विपन्नन परिवारको समृद्धि छिटो छरितो हुने भएकाले नगरपालिकाले विपन्न महिलाहरु आयआर्जन हुने सीपमुलक तालिममा जोड दिएको बताए ।
उनीहरुले ब्युटीपार्लर व्यवसायले महिलाहरुको आयस्तर र गरिमा वृद्धि गराएको मन लगाएर तालिम लिई व्यवसायिक क्षमताको विकास गर्न सझुाव दिइन् । गरिब तथा विपन्न परिवारका स्थानीय १५जना महिला तथा युवतीहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा लक्ष्मी पुरी रहेकी छिन् ।









प्रतिक्रिया दिनुहोस्