प्रमोदको प्रस्तुतीमा दर्शक झुम्मिए



रावन विश्वकर्मा : बाँसगढी,२१ माघ/   बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको ‘दोस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया माघी महोत्सव २०७४ ’ मा चर्चित गायक प्रमोद खरेलले दर्शकहरुलाई नचाएका छन् ।

खरेलको उत्कृष्ट प्रस्तुतिले शनिबार बाँसगढी महोत्सवमा उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका छन् । उनको प्रस्तुतिमा युवाहरु झुमेका छन् । उनले आफ्ना लोकप्रिय एवं चर्चित गीतहरु प्रस्तुत गरे । अपराह्न ५ वजेतिर प्रस्तुति राख्न सुरु गरेका प्रमोदले १ घण्टासम्म आफ्नो प्रस्तुति निरन्तर राखे ।

‘म विना कसैकसैलाई मुस्किल छ पोखरामा’ बोलको गीतबाट गायकी सुरु गरेका प्रमोदले ‘चल बतास चलचल अझै बेगले चल, ओए झुमा ओए झुमा झुमा झुम्कावाली, लाइदेऊ न मायाले, हाँसिदेऊ न माया खोलेर दन्ते लहर’ म बाचेकै तिम्रो लागि हो जस्ता गीत प्रस्तुत गरे ।

अहिलेका चर्चित गायक प्रमोदको प्रस्तुतिमा दर्शकहरु छमछमी नाचेका थिए । खचाखच भरिएको बाँसगढी महोत्सवमा स्टेच तताउन खप्पिस गायक प्रमोदले श्रोता एवं दर्शकहरुको रोजाइका गीतहरु गाएका थिए । महोत्सवमा आइतबार हाँस्यकलाकार राजा राजेन्द्र पोख्रेल, गायक कृष्ण काफ्ले, बिन्दु परियार लगायत राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने प्रचार प्रसार उपसमिति संयोजक शंकर शर्माले बताए ।

“उद्योग व्यापार कृषि पर्यटन र कला सांस्कृतिको पहिचान, ग्रामिण प्रविधि, वैज्ञानिक प्रविधिहरुको बृहत प्रदर्शनीको अभियान” भन्ने मुल नारा सहित बाँसगढी उद्योग वाणिज्य संघको मुख्य आयोजना, बाँसगढी नगरालीकाको आयोजना र उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ को सह आयोजनामा १२ गते देखि सुरु भएको महोत्सव २२ गते सम्म चल्ने छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २१ गते आइतबार