नेपालगञ्ज,२० माघ/ नेपालगञ्जमा बिस्तारै गर्मी बढ्न थालेको छ । चर्को घामसँगै नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा राष्ट्रय कलाकारहरुले दैनिक प्रस्तुतीले यहाँको तापक्रममा थप वृद्धि भएको हो ।
यद्यपी गर्मी तथा जाडाको प्रवाह नगरी जिल्लावासीहरुले महोत्सवमा उल्लेख्य सहभागीता जनाइरहेका छन् । महोत्सवको नवौं दिन शुक्रबार पनि महोत्सव परिसर खचाखच भरिएको छ । चर्को गर्मीको प्रवाह नगरी महोत्सवमा सहभागी भएका दर्शकहरुलाई चर्चित हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलले पेट मिचिमिची हँसाएका थिए ।
स्टेज कमेडीमा पोख्त मानिएका पोखरेलले बाँकेवासीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । उनले समसामयीक विषयवस्तुमाथी चोटिलो प्रहार
गर्दा दर्शकहरुले खुलेर हुटिङ गरेका थिए ।
त्यसैगरी लोकदोहोरी गायक कृष्ण रेउले तथा अनिता चलाउनेले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेकका थिए। कार्यक्रमकी संचालिका समेत रहेकी अनिता चलाउनेको उपस्थितीमा साँस्कृतक कार्यक्रम थप उल्लासमय भएको थियो । आधुनिक गायीका मेलिना राईले युवापुस्तालाई नचाएकी थिईन ।
साथै स्थानिय कलाकारहरुको प्रस्तुती हेर्न चाखलाग्दो थियो । यसैबिच महोत्सवमा पहिलोपटक अन्तराष्ट्रिय स्तरको डान्स प्रतियोगिता संचालन गरिएको साँस्कृतीक समितिका संयोजक श्याम सुन्दर अधिकारीले बताए ।
प्रतियोगिताकै अबसरमा १ लाख नगद राशीको सामुहीक तथा एकल नृत्य प्रतियोगिता आयोजना गरीएको हो । महोत्सवमा यति ठुलो पुरस्कार राशीको नृत्य प्रतियोगिता आयोजना गरीएको यो पहिलो पटक हो ।
प्रतियोगितामा जिल्लाका विभिन्न कलेजहरुमा अध्ययनरत १२ जना प्रतियोगिले सहभागीता जनाएका छन् । नेपालगन्जस्थित राही मार्ट सप्लायर्सको मुख्य प्रयोजनमा संचालन भईरहेको उक्त प्रतियोगिताको बिजेतालाई १ लाख नगद पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै महोत्सवको दशौं दिन आज (शनिबार) चर्चित लोकदोहोरी गायक नविन पौडेल महोत्सवमा आउने भएका छन । पौडेलसँगै आज (शनिबार) आधुनिक गायिका मिना निरौला पनि महोत्सवमा आउने छन । आगामी २२ गतेसम्म संचालन हुने महोत्सवमा दिनहुँ राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुले मनोरञ्जन प्रदान गर्दै आएका छन ।









प्रतिक्रिया दिनुहोस्