हुम्ला,माघ/जिल्लामा हिमाल पारीको गाँउका रुपमा चिनिदै आएको नाम्खा गाँउपालिका वडा नम्वर ६ का तीन वडा बस्तीका बासिन्दाहरुले नागरिकता र सीमा पास मात्र नेपालको प्रयोग गर्छन भन्दा अचम्म लाग्ला तर कुुरा यथार्थ हो । सात वटा गाँउपालिकाका ४३ वटा वडाका बासिन्दाले राज्यबाट पाउने सुुबिधा पाएको भए पनि सिमकोटबाट पैदल चार दिन लाग्ने लिमीबासी नुुन देखि सुुनसम्म सबै चिनीया पक्षको प्रयोग गर्दै आएका छन ।
राज्यबाट उपलव्ध हुुँदै आएको नागरिकता र सिमा पास त्यो पनि कम्तीमा १० दिन लगाएर २० औं हजार खर्च गरेर बाहेक अन्य सुुबिधाबाट बंन्चित भएको नाम्खा ६ लिमी कि छेजोर तामाङ्गले बताउनुु भयो । राज्यले चौमासिक रुपमा बितरण गर्नुु पर्ने सामाजिक सुुरक्षा भत्ता पनि वर्षका अन्तमा पाउने र अन्य बिकाससे कामवाट पनि लिमी बासी बंचित हुुँदै आएको उहाँले बताउनुु भयो ।
राज्यले स्थापना गरेका स्वास्थ्य चौकीमा खटिएका स्वास्थय कर्मी समेत नजादाँ बिरामी भएको बेला पनि ताक्लाकोट मै जाने गरेको दुुखेसो उहाँले बताउनुु भयो । साविकको एक वटा गाविस रहेको लिमी अहिले भने एक वटा वडामा सिमित भएको छ । झण्डै २१७ घरधुुरी भएको लिमी बजारमा पाईने सामाग्री संगै सरकारवाट ढुुवानी अनुदानमा उपलब्ध हुुँदै आएको नुुन र चामल पनि वर्षेनी २० औं हजार क्वीन्टल जिल्लामा भित्रिने गरेको भए पनि लिमीमा एक केजी पनि नपुुग्ने गरेको नाम्खा गाँउ पालिकाका अध्यक्ष विष्णुु लामाले बताउनुु भयो ।
भुुगोलले गर्दा ढुुवानी गर्न समस्या भएको वताउदै अध्यक्ष लामाले राज्यले दिने ढुुवानी अनुदानको चामल तथा नुुन लिन सिमकोट आउने हो भने त्यसको ढुुवानी जोड्दा मुल्य तेव्वर पर्ने भए कै कारण उनीहरुले चिनीया खाद्यान्न प्रयोग गर्ने गरेको बताउनुु भयो । सिमकोटवाट लिमीसम्मको ढुावनी व्यवस्था राज्यले गर्नु पर्ने उहाँको माग छ । दुुई वर्ष अगाडीसम्म गाडी नजोडिदा घोडा, झोपा, चौरीमा वोकाएर खाद्यान्न तथा लत्ता कपडा ढुुवानी गर्ने लिमीवासी अहिले भने गाडीमा ओर्सान थालेका छन ।
लिमीमा फल्ने उवा ( नाफल) फापर, तोरी र चोतो लगाएतका अन्न तथा तरकारीले तीन महिना पनि मुुस्कीलले पुुग्ने भए पछि असोज कार्तिक मै स्थानीयले चिनीया खाद्यान्न तथा लत्ता कपडा ढुुवानी गर्ने गरेको स्थानीयवासीले बताउने गरेका छन । काठामाण्डौंबाट यति दुरदराजको वस्ती वस्ने लिमीवासीका लागि बिशेष कार्यक्रम संचालन गर्नु पर्ने उनीहरुको माग रहेको छ । मंसीरवाट चैत्र महिनासम्म लिमीमा आवत जावत पुुर्ण रुपमा बन्द हुने गरेको छ भने अहिले नेपाल टेलिकमको भिस्याट टेलिफोनले स्थानीय संग सम्पर्क भने हुने गरेको छ । nepalbani.com
प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्