कोहलपुर,१९ माघ/ कृषि उपज थोक बजार स्थल कोहलपुरको व्यवस्थापन समितिको अध्यक्षमा पुनःछविलाल भट्टराई चयन भएका छन् । बुधबार भएको निर्वाचन प्रणलीबाट १० सदस्यीय कार्यसमिति सहित भट्टराई अध्यक्षमा चयन भएका हुन् ।
जसको सदस्यहरुमा व्यवसायी तफबार्ट नैनादेवी शाही, जयसिंह बुढा मगर, कृषक तर्फबाट उदिराम वली, भवानी प्रसाद कडेल, जानकी पुन रहेका छन् ।
त्यस्तै वडा कार्यालयको प्रतिनिधि एकजना, जिल्ला कृषि विकास कार्यालयको प्रतिनिधि एकजना पनि सो समितिको सदस्य रहने व्यस्था रहेको छ भने सो समितिको व्यवस्थापक सदस्य सचिव रहने व्यवस्था रहेको छ ।
वडा कार्यालयको तर्फबाट कर्ण बहादुर थापा, जिल्ला कृषि विकास कार्यालयको तर्फबाट जिवन कुमार केसी सदस्य रहेका छन् भने र सो समितिकी व्यवस्थापक चित्रा पाठक सदस्य सचिव रहेकी छन् ।
प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्