अभिमखीकरण कार्यक्रम सम्पन्न



नेपालगञ्ज,१८ माघ/  बासले युवाहरुलाई स्वयं सेवातर्फ लाग्न उत्प्रेरित गर्नका लागि शुरु गरेको ईमरजिङ्ग भोलेन्टियर कार्यक्रम बिहिबार नेपालगञ्जमा सम्पन्न गरेको छ ।

स्वयं सेवाप्रति युवाहरुको आकर्षण बढाउन, स्वयं सेवा गर्न चाहने युवाहरुलाई सहयोग गर्न, स्वयंसेवी विवेशिल युवा जमातका माध्यमबाट समृद्ध राष्ट्र निर्माणका लागि युवाहरुलाई उत्प्रेरणा प्रदान गर्न बासले उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह र स्वयंसेवक रबिन्द्र बाहराले स्वयंसेवा, स्वयंसेवाको महत्व, आवश्यकता, सकारात्मक सोच, सामाजिक सद्भाव र सुशासनका बारेमा अभिमुखीकरण प्रदान गरेका थिए ।

६९ जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरुले स्वयं सेवाबारे विभिन्न जिज्ञासाहरु राखेका थिए । विद्यार्थीहरुको जिज्ञासालाई बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह र स्वयंसेवक रबिन्द्र बाहराले प्रष्ट पारेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १८ गते बिहीबार