रावन विश्वकर्मा बाँसगढी,१८ माघ/ बर्दियाको बाँकगढीमा यही माघ ११ गते देखि सञ्चालन भएको प्रथम नगर स्तरीय प्रमथ मेयर कप प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुरले उचालेको छ ।
माघ ११ गते देखि १५ गते सम्म सञ्चालन भएको प्रथम नगर स्तरीय मेयर कप रनिङ सिल्ड खेलकुद प्रतियोगीतामा बाँसगढी नगरपालिका अन्तरगत रहेका सामुदायिक र संस्थागत गरी १७ वटा विद्यालयहरु सहभागी भएका थिए ।
सहभागी विद्यालयहरु मध्य सबभन्दा बढी अङ्क प्राप्त गरी नेरामावि लक्ष्मणपुरले उपाधि उचालेको हो । विद्यालयले २ सय ३१ अंकका साथ मेयर कप रनिङ शिल्ड उपाधि प्राप्त गरेको छ ।
विद्यालयले कबड्डी छात्रतर्फ प्रथम सिल्ड, छात्रातर्फ द्धितीय सिल्ड, एथलेटिक्स छात्र र छात्रातर्फ पनि प्रथम सिल्ड, तेक्वान्दोतर्फ पनि प्रथम सिल्ड गरी ६ सिल्ड तथा उपाधि पाएको छ ।
विद्यालयले नगरपालिका मै पहिलो पटक भएको मेयर कप प्रतियोगीतामा खेल क्षेत्रमा ऐतिहासिक सफलता प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीले बताए । प्रतियोगीतामा रामजानकी मावि भैसासुर १ सय ५६ अंकका साथ दोस्रो र पुर्णहिरा मावि लक्ष्मणा ९६ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
विद्यालयको तर्फबाट १०० र २०० मिटर दौड छात्रा तर्फ मनिषा बिक प्रथम, छात्र तर्फ २०० मिटर दौडमा सागर पौडेल प्रथम र १०० मिटर दौडमा पनि द्धितीय, छात्रा तर्फको ४०० मिटर र ८०० मिटर दौडमा पुष्पा थारु प्रथम, ४०० मिटर दौडमा छात्र तर्फ बिशाल थारु तृतीय, ८०० मिटर दौड छात्र तर्फ सुनिल बिक तृतीय, १५०० र ३००० छात्रा तर्फको दौडमा प्रथम स्थान गीता खत्री, छात्र तर्फ तृतीय र द्धितीय स्थान कर्ण बहादुर नेपालीले ल्याउन सफल भएको बिद्यालयका शिक्षक बलराम सुबेदीले बताए ।
त्यस्तै १००ह्४ मिटर रिले दौड छात्र छात्रा दुबैमा प्रथम, ४०० ह्४ मिटर रिले दौडमा छात्रा तर्फ प्रथम, सटफुट थ्रो छात्रामा रोशनी नेपाली तृतीय, छात्र तर्फ जस बहादुर थारु प्रथम, ज्याभलिन थ्रो छात्रा तर्फ खिममायाँ खत्री तृतीय, हाईजम्पमा भुमिसरा खत्री प्रथम, लम्जम्पमामा छात्रा तर्फ बिन्दु खड्का तृतीय र छात्र तर्फ जसबहादुर थारु प्रथम भएका छन ।
कबड्डी खेलमा छात्रा तर्फ द्धितीय र छात्र तर्फ प्रथम स्थान, एथलेटिक्स तर्फ पनि छात्रा छात्र दुबैमा प्रथम स्थान ल्याउन विद्यालय सफल भएको छ ।
त्यसैगरी तेक्वादो खेल तर्फ ३५ केजी मुनिको खेलमा छात्रतर्फ निर्मल पुनमगर प्रथम ४० केजी मुनिको खेलमा लोक बहादुर पुन प्रथम, छात्रा तर्फ ४४ केजी मुनिको खेलमा मनिषा नाथ योगी प्रथम, द्धितीयमा भुमिसरा खत्री सँगै उत्कृष्ठ तेक्वान्दो खेलमा छात्र तर्फ निर्मल पुनमगर र छात्रा तर्फ मनिषा नाथ योगी छनोट भएकी छिन् ।
कराँते तर्फ पनि ४५ केजी समुहको छात्राको खेलमा शान्ति चौथरी प्रथम र ५० केजी समुहको खेलमा बिन्जु चौधरी द्धितीय भएको विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीले जानकारी दिए । विद्यालयले प्रथम स्थान हासिल गरे सँगै बुधबार विद्यालयले विद्यार्थीहरुले प्राप्त गरेका शिल्ड र बेन्ड बाजा सहित बाँसगढी बजारमा ¥याली निकालेको थियो ।









प्रतिक्रिया दिनुहोस्