प्रथम बाँसगढी मेयर कपमा कराँते र छात्रा भलिबल सकियो



बाँसगढी,१५ माघ/  प्रथम मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगीताको कराँतेका खेलहरु सकिएका छन् । ११ गते देखि सुरु भएको प्रतियोगीताको आइतबार भएका कराँतेका खेलहरुमा छात्रा तर्फ जनता मावि बठुवाकी दिपा चौधरी र छात्र तर्फ नेरा मावि लक्ष्मणपुरका सालमान अलि उत्कृष्ठ खेलाडीको रुपमा छनोट भएको बर्दिया जिल्लाका कराँते प्रशिक्षक जगत जङ्गशाहले जानकारी दिए ।

त्यस्तै छात्र एकल काँता तर्फ प्रथम नेरा मावि बाँसगढीका राजकुमार बिक, द्धितीतयमा नेरामावि लक्ष्मणपुरका सालमान अलि, छात्रा तर्फ प्रथम जनता मावि बठुवाकी आरजु शाह, पुरुष ४२ केजीको खेलमा प्रथम, द्धितीय र तृतीय सबै स्थान नेरा मावि बाँसगढीले प्राप्त गर्न सफल भएको छ । क्रमशं बिरेन्द्र क्षेत्री, भरत परियार, योगेश पौडेल र लोकेन्द्र रोकाय रहेका छन् ।

त्यस्तै छात्रा ४७ केजीको खेलमा प्रथम बाँसगढी एकेडमीका रोशन खत्री, द्धितीय नेरा मावि बाँसगढीका गोबिन्दा ओली, तृतीयमा नेरा माबि बाँसगढी कै अजय थापा र तृतीयमा बाँसगढी एकेडेमीका निराजन थारु, छात्रा तर्फ ५२ केजीमा प्रथम नेरा मावि लक्ष्मणपुरका सालमान अलि, द्धितीयमा बाँसगढी एकेडेमीका अमर थापा, तृतीयमा नेरा मावि बाँसगढीका हरि पौडेल, छात्रा तर्फ ४५ केजीमा नेरा मावि लक्ष्मणपुरकी शान्ति चौधरी, छात्रा ५० केजीको खेलमा प्रथम जनता मावि बठुवाकी दिपा चौधरी, द्धितीयमा बिन्जु चौधरी नेरा मावि लक्ष्मणपुर र तृतीय स्थान जनता मावि बठुवाकी तारा अधिकारीले सुरक्षित गरेकी कराँते खेलका मुख्य निर्णायक प्रेमलाल थारुले जनाए ।

त्यस्तै आइतबार नै छात्र भलिबल पनि सकिएको छ । जसमा प्रथम नेरा मावि बाँसगढी, द्धितीय रामजानकी मावि भैसासुर र तृतीय स्थान जनप्रिय मावि दमौलीले सुरक्षित गरेको छ ।

मेयर कप खेलकुद प्रतियोगीताको फाइनल खेल १५ गते सोमबार हुने छ । प्रतियोगीताको सोमबार १५ गते बिजेता तथा सहभागी खेलाडीहरुलाई पुरुस्कार वितरण गरिने र प्रतियोगीताको समापन गरिने खेल सञ्चालक उपसमिति संयोजक अर्जुन प्रसाद तिवारीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १५ गते सोमबार