कोहलपुर, १९ माघ : माघ अन्तिम साता कोहलपुर नगरपालिकामा माध्यमिक विद्यालयस्तरीय उपमेयर कप क्रिकेट कप प्रतियोगिता हुने भएको छ । कोहलपुर नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा माघ २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
नगर खेलकुद विकास समितिको आयोजनामा माघ १५ गते बसेको प्रधानाध्यापकसहितको संयुक्त बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । कोहलपुरमा पाँच वर्षयता हरेक वर्ष प्रतियोगिता सञ्चालन हुँदै आएको छ । यो प्रतियोगिता कोहलपुर नगरपालिकास्तरीय उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता पाँचौं संस्करण हो ।
कोहलपुर नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखाका प्रमुख रामबहादुर हमालका अनुसार प्रतियोगितामा सहभागिताका लागि माघ २४ गतेसम्म टिम दर्ताका लागि समयसीमा तोकिएको छ । प्रतियोगिताको तयारी भइरहेको उनको भनाइ छ ।
नगर खेलकुद विकास समिति कोहलपुर नगरपालिका सदस्य तथा प्रतियोगिताका सम्पर्क व्यक्ति टर्कबहादुर खत्रीले प्रतियोगिता सञ्चालन हुने निर्णय भएको बताए । उनले प्रतियोगितामा सहभागिताका लागि सम्पूर्ण विद्यालयहरुलाई पत्राचार भइसकेको छ । प्रतियोगितामा सहभागिताका लागि प्रक्रियागतरुपमा टिम दर्ताको प्रक्रिया सुरु भइसकेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्