नेपालगञ्ज,१४ माघ/ ‘‘अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय पहिचानको लागि खेलकुद” भन्ने मुल नाराका साथ नेपालगञ्ज ब्याडमिन्टन क्लबले खेलकुद सामग्री वितरण तथा सम्मान कार्यक्रम गरेको छ ।
शनिबार नेपालगञ्जको रङगशालामा भएको कार्यक्रममा खेलाडी तथा पूर्व खेलाडी, ब्याडमिन्टन प्रेमी लगायतलार्ई सम्मान गरिएको हो ।
नेपालगन्ज ब्याड्मिन्टन क्लबका अध्यक्ष संजय थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा ११ जना महिला खेलाडी र १० जना पुरुष खेलाडी लाई टिसर्ट तथा कक वितरण गरिएको छ । ७ ना खेलाडीलाई ¥याकेट वितरण गरिएको थियो ।
सो टिसर्ट सेन्चुरी इन्फोटेकले उपलब्ध गराएको थियो भने ¥याकेट खेलप्रेमिहरुले उपलब्ध गराएका थिए । सो कार्यक्रममा मार्फत ब्याड्मिन्टन प्रेमी अनिल लाखेले व्यक्तिगत रुपमा क्लव तथा खेलाडीलाई सहयोग गरेका हुन् । क्रिटिभ हेन्ड्स र कोहलपुर ब्याड्िमन्टन क्लबलाई आर्थिक सहयोग गरेका थिए । खेलाडीहरुलाई ¥याकेट वितरण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्