मजदुर संघको अध्यक्षमा रावत



कोहहलपुर,१४ माघ/   नेपाल यातायात मजदुर संघ बाँकेको अध्यक्षमा नविन रावत निर्विरोध चयन भएका छन् ।

शनिबार भएको बाँकेको छैठौं जिल्ला अधिवेशनबाट रावतको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा अनिल शाही, महिला उपाध्यक्षमा आशा वली , सचिवमा राजेश खड्का र सहसचिवमा दधिराम लामिछाने रहेका छन् ।

त्यस्तै सदस्यहरुमा ज्ञानुरथ दाहाल, टिकाराम उपाध्याय, उमेश रिजाल, दिपक वली,बलराम चापागाई र यमबहादुर के.सी. रहेका छन् ।

शनिबार नै उद्घाटन गरिएको जिल्ला अधिवेशनमा नेपाली काँग्रेस बाँकेका श्रम विभाग प्रमुख नम बहादुर आलेले प्रमुख अतिथिको रुपमा सम्मेलनलाई सम्बोधन गरेका थिए ।

कोहलपुरमा सम्पन्न सो अधिवेशनमा नेपाली काँगे्रस कोहलपुर नगर सभापति बलराम शर्मा, महाधिवेशन प्रतिनिधि पूर्ण प्रसाद आचार्य , कोहलपुर नगरपालिका–१० को वडा अध्यक्ष निम बहादुर चलाउने, नेपाल ट्रेड युनियन काँगे्रस बाँकेका अध्यक्ष विरेन्द्र शाह,लगायतले अधिवेशनमा आ–आफ्नो धारणा राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १४ गते आइतबार