बाँकेको बैजनाथ गाउँपालिका, ४ सुतैयाँ डाँडामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बारीमा तरकारीको लागि बोडि टिप्न गएका बेला हावाहुरीका कारण भूमिका झरेको तारमा करेन्ट लागेर मंगलबार बिहान ज्यान गएको हो ।
करेन्ट लागेर मृत्यु हुनेमा बर्दिया घर भई सुतैयाँमा रहेको छोरीको घरमा बस्ने इन्द्रमाया देवी कवर रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घटनालगत्तै स्थानीयहरु मृतकका परिवारलाई उचित क्षतीपूर्तीको माग राख्दै रत्न राजमार्ग अवरुद्ध पारेका छन् ।
अहिले स्थानीय प्रहरी कार्यालयमा विद्यूत प्राधिकरण, जनप्रतिनिधि र पीडित पक्षबीच वार्ता भएपनि सहमती भने हुन सकेको छैन । स्थानीयहरुले विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण महिलाको मृत्यु भएका छन् ।
करेन्ट लागेर केही सामान्य घाईते समेत भएका छन् । उनीहरुलाई मृतक महिलालाई उठाउँन खोज्दा करेन्ट लागेको थियो ।
अहिले सो क्षेत्रमा कुनै अप्रिय घटना घट्न नदिनको लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मृतक महिलाको शव समेत घटनास्थलमा नै रहेको छ ।










प्रतिक्रिया दिनुहोस्