नेपालगञ्ज,१३ माघ/ नेपालगन्जमा सञ्चालन भइरहेको प्रादेशिक महोत्सव–२०७४ राखिएका विदेशी स्टलहरुप्रति आर्कषण देखिएको छ ।
भारत, पाकिस्तान, बङ्गलादेश र चाइना समेतका दर्जन बढि स्टल नेपालगञ्जमा लाग्ने प्रादेशिक महोत्सवमा पहिलो पटक राखिएको हो ।
ती देशबाट तयारी पोशाक, जिन्स, लेदरका कपडा, विभिन्न घरायासी सामाग्रीहरुको स्टलहरु राखिएको छ ।
स्टल सञ्चालकहरुले पहिलो पटक नेपालगञ्जमा आएको र महोत्सवमा बिक्री पनि राम्रै भइरहेको प्रतिक्रिया दिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक बसन्त लामिछानेले जानकारी दिएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्जलाई अन्य देशसंग पनि आर्थिक सम्बन्ध बनाउनका लागि पहिलो पटक ती देशका स्टलहरु राखिएको जानकारी दिए ।
११ देखि २२ गतेसम्म नेपालगञ्जस्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवमा २ सय ६० वटा व्यवसायिक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहितकुल ३ सय २१ स्टल रहेकाछन ।
५ लाख बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिएको महोत्सव आयोजक नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव अजय कुमार टण्डनले बताए ।









प्रतिक्रिया दिनुहोस्