मन्त्री गौतमद्वारा दोस्रो बाँसगढी महोत्सवका उद्घाटन



रावन बिश्वकर्मा बाँसगढी, १३ माघ/ बर्दियाको बाँसगढीमा शुक्रबार देखि दोस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया महोत्सव सुरु भएको छ । महोत्सवको सिचाई मन्त्री संजय कुमार गौतमले उद्घाटन गरेका छन । महोत्सवको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री गौतमले अवको अभियान विकास र संवृद्धिको अभियान भएको बताएका छन । बर्दिया क्षेत्र १ बाट प्रतिनिधि सभाका निर्वाचित सांसद समेत रहेका गौतमले बर्दिया हरेक क्षेत्रको हिसावले विकासको लायक भएकाले सबैको सहकार्य र मिल्नुको विकल्प नभएको बताए । उनले निर्वाचनमा आफुले गरेका हरेक प्रतिवद्धता ५ वर्ष भित्रमा पुरा गर्ने समेत प्रतिवद्धता दोह¥याएका छन ।
बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष कटक बिसिको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासघ प्रदेश नम्बर ५ का संयोजक गुर्णनिधी तिवारी, उद्योग वाणिज्य महासंघ प्रदेश सदस्य कृष्णप्रसाद श्रेष्ठ, नरेन्द्र शर्मा, प्रदेश सभा सांसद भुवनेश्वर थारु, निर्वतमान सांसद श्याम ढकाल, मेला प्रमुख संरक्षक तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, ईलाका प्रशासन कायालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाही, बर्दिया जिल्लाका सुरक्षा निकायका प्रमुख, बर्दिया र बाँके जिल्लाका उद्योग बाणिज्य सँघका प्रमुख, विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसवी, लगायतको सहभागीता रहेको थियो । मेलाको उद्घाटन कार्यक्रममा थारु संस्कृति झल्कने नाच, सिंगारु, लहरे, सरंगे नाच, पञ्चेबाजा लगायत विभिन्न समुदायको संस्कति झल्काउदै बाँसगढी बजारमा झाँकी रहित ¥याली निकालिएको र उद्घाटन कार्यक्रममा समेत प्रदर्शन गरिएको थियो । महासचिव गोबिन्द बरालले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रामसिङ थारले स्वागत मन्तव्यबाट गरेका थिए ।
२२ गते सम्म सञ्चालन हुने मेलामा सुचना प्रविधि, कृषि उपज, जडीबुटी, शैक्षिक प्रर्दशनी, पर्यटन, हस्तकला, लद्यु उद्योग, सेवा मुलक संघ संस्था, बैंक वित्तिय तथा सहकारी संस्था, होटल रेष्टुरेन्ट, मौलिक कला संस्कृति, थारु गाँउ लगायत गरी २ सय ५० स्टल वटा स्टलहरु रहेका छन । आज देखि महोत्सव प्रवेशको लागि ५० रुपैया टिकटको व्यवस्था गरिएको र विद्यार्थी, अपांग, वृद्धवृद्धाहरुको परिचय पत्रको आधारमा १५ प्रतिशत छुटको व्यवस्था रहेको मेला आयोजकले जनाएको छ । बर्दियाको पर्यटन, कला संस्कृतिको प्रचार– प्रसार, स्थानीय स्तरमा उत्पादित बस्तुहरुको प्रदर्शनी सँगै बाँसगढी उद्योग वाणिज्य संघको सभा हल सहितको भवन निर्माणको उद्देश्य सहित महोत्सवको सञ्चालन गरिएको हो । “उद्योग व्यापार कृषि पर्यटन र कला संस्कृतिको पहिचान, ग्रामीण प्रविधि, वैज्ञानिक प्रविधिहरुको वृहत प्रदर्शनीको अभियान” भन्ने मुल नारा सहित बाँसगढी उद्योग वाणिज्य संघको मुख्य आयोजना, बाँसगढी नगरपालिकोको आयोजना र उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर ५ को सहआयोजनामा सञ्चालन भइरहेकोे महोत्सवको करिब २ लाख दर्शकहरुले अवलोकन गर्ने र रु ४ करोड बढी कारोबार गर्ने लक्ष्य रहेको छ । १३ गते महोत्सवको दोस्रो दिन शनिबार राष्ट्रिय गायक टंक तिमेल्सेना,
रेशमा केसी, सिएल शर्मा लगायत स्थानीय स्तरका चर्चित कलाकारहरुको बेजोड प्रस्तुती हर्न पाइने मेला व्यवस्थापक निर्मण आचार्यले जानकारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १३ गते शनिबार