सार्वजनिक सुनुवाई तथा अभिभावक भेला सम्पन्न



कोहलपुर,११ माघ/  बाँकेको कोहलपुर नगरपालिका –१२ चपरगौडी स्थित श्री ज्ञानज्योति माध्यामिक विद्यालयको वार्षिक सार्वजनिक सुनुवाई तथा अभिभावक भेलासम्पन्न भएको छ । बुधबार सम्पन्न सो भेलाको कोहलपुर नगरपालिका वडा १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्काले उद्घाटन गरेका थिए ।

भेलामा विद्यालयका प्रधानाध्यापक विनोद शर्मा लम्सालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै लम्सालले आर्थिक वर्ष २०७३÷०७४ को १ करोड ६९ लाख ३१ हजार ८ सय २३ रुपंैयाको आय–व्यय समेत प्रस्तुत गरेकाथिए ।

अभिभावक भेलामा क्रमश अंगे्रजी माध्यमबाट पठन–पाठन गर्ने,व्यवस्थित विज्ञान÷कम्प्युटर प्रयोगशाला निर्माण गर्ने,आधुनिक खेल मैदान र प्रयाप्त खेल सामाग्रीको व्यवस्था गर्ने लगायतका १० बुंदे भावी योजना पत्र समेत प्रस्तुत गुिरएको छ ।

भेलामा कोहलपुर नगरपालिका वडा नं १३ का वडा अध्यक्ष ओम प्रकाश वली,कोहलपुर नगरपालिका सामाजिक विकासका संयोजक तथा वडा नं १० का वडा अध्यक्ष निम बहादुर चलाउने नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सुर्य ढकाल,कोहलपुर नगरपालिका कार्यपालिका सदस्य नारायणी वली, वडा सदस्य नयन बहादुर शाही, ज्ञानज्योति माविका पूर्व प्रधानाध्यापक गोविन्द ढकाल , शिक्षक अभिभावक संघका अध्यक्ष राम बहादुर क्षेत्री, जग्गादाता सोहन थारु,लाल्टा थारु पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य भिम प्रसाद देवकोटा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो भने विद्यालयका लेखापाल पे्रम पुनले कार्यक्रमको संञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ११ गते बिहीबार