दोस्रो बाँसगढी महोत्सवको तयारी अन्तिम चरणमा



रावन विश्वकर्मा : बाँसगढी,११ माघ/   बर्दियाको बाँसगढीमा दोस्रो बाँसगढी महोत्सवको शुरु हुँदै छ । यसको तयारी अन्तिम चरणमा पुगेको छ ।

यही माघ १२ गते देखि सञ्चालन हुने महोत्सव अन्तिम चरणमा पुगेको र महोत्सवको उद्घाटन सिचाई मन्त्री संजय गौतमबाट गरिने जनाइएको छ ।

माघ १२ गते देखि २२ गते सम्म चल्ने महोत्सवको बारेमा जानकारी दिन बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला मुल समितिका संयोजक कटक बिसिले मेलाको सबै तयारी करिब –करिब पुरा भएको र महोत्सवको उद्घाटन सिचाई मन्त्री संजय गौतमले गर्ने जानकारी दिए ।

“उद्योग व्यापार कृषि पर्यटन र कला संस्कृतिको पहिचान, ग्रामिण प्रविधि, वैज्ञानीक प्रविधिहरुको वृहत प्रदर्शनीको अभियान” भन्ने मुल नारा सहित बाँसगढी उद्योग वाणिज्य संघको मुख्य आयोजना, बाँसगढी नगरपालिकाको आयोजना र उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर ५ को सह –आयोजनामा महोत्सव सञ्चालन हुन लागेको छ ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु बद्रि पंगिनी, प्रमोद खरेल, पशुपति शर्मा, कमल खत्री, टिका पुन, अर्जुन कौशल, हास्यकलाकार राजाराजेन्द्र पोख्रेल, नविन पौडेल, मोडल आरुसी असलामी मगर, अञ्चली अधिकारी, नायिका प्रेमका कार्की लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दर्शकहरुलाई भरपुर मनोरञ्जन गराइने प्रचार– प्रसार उपसमिति संयाजक शंकर शर्माले जनाए ।

मेला प्रवेशको लागि ५० रुपैयाको टिकटको व्यवस्था गरिएको र विद्यार्थी, अपाङ्ग , जेष्ठ नागरिकहरुलाई परिचय पत्र अनुसार १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।

व्यापार मेला, महोत्सव तथा पदर्शनीबाट करिब ५ करोड बराबरको आर्थिक कारोबार गर्ने जसमा ६३ लाख बराबरको वाणिज्यसंग दोस्रो बाँसगढी महोत्सवको तयारी अन्तिम चरणमा घले मात्रै कारोबार गर्ने र करिब १ देखि २ लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको महासचिव गोबिन्द बरालले बताए ।

महोत्सवबाट प्राप्त आम्दानीबाट बाँसगढी उद्योग वाणिज्य संघको सभाहल सहितको भवन निर्माणको थालनी गर्दै यस क्षेत्रमा हुने सभा र कार्यक्रमहरु सहज तुल्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष कटक बिसिको अध्यक्षतामा भएको पत्रकार सम्मेलमा संस्थापक अध्यक्ष तथा अथिति सत्कार उपसमिति संयोजक पुष्पराज बराल, महासचिव गोबिन्द बराल, प्रचार प्रसार उपसमिति संयोजक शंकर शर्मा, सचिव विष्णु पौडेल, बद्री बराल, लगायत बर्दियाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ११ गते बिहीबार