30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

नेपालगञ्जबाट १३ लाखमा महिन्द्राको सुप्रोकार्गो भ्यान बिक्री खुल्ला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ ८, २०७४  


८ माघ, / तपाईसंग १३ लाख रुपैया छ ? छ भने
नेपालगञ्जको पिपरहवा स्थित भुसाल इन्टरनेशनलले काठमाण्डौं स्थित दुगढ ब्रदर्श एण्ड सन्स प्रा.लि.को सहकार्यमा सुप्रो कार्गो भ्यान बिक्रीका लागी  सोमबार सरस्वती पुजाको शुभ अवसर पारेर नेपालगञ्जमा महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको सुप्रो भ्यान सर्वसाधरणका लागी बिक्री खुल्ला गरिएको छ ।

१ टन क्षमताको उक्त सुप्रो भ्यान १ लिटर डिजेलमा २० कि.मी.गुडने र नेपाली आवश्यक्ता र वातावरण अनुसार ग्राहकको चाहनालाई समेत मध्य नजर गरेर सुप्रो बजारमा उतारिएको महिन्द्रा एण्ड महिन्द्रा कम्पनीका नेपाल हेर्ने बजार प्रमुख दविन्दर मल्होत्राले जानकारी दिनुभएको छ ।
त्यसैगरी दुगढ ब्रदर्श एण्ड सन्स प्रा.लि.का ब्यवसायिक प्रमुख बद्री भटटराईले नेपाली माटो सुहाउदो र नेपाली उपभोक्ता बीच सर्वे गरेर सुप्रो कार्गोभ्यान तयार पारिएको र यो कार्गोका लागी अति उत्तम हुने गरि बजारमा उतारिएको पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको छ ।

त्यसैगरी भुसाल इन्टरनेशनलका प्रवन्ध सञ्चालक पार्थ भुषालले कम्पनीले १३ लाख ५० हजार बजार मुल्य तोकेकोमा हाल रु ५० हजार, एक बर्षको बिमा, कर र नामसारीमा समेत सिमित अवधीका लागी छुट दिएकोले अवसरको फाईदा उठाउन प्रेस मार्फत सबै सम्भाबित ग्राहकलाई अनुरोध गर्नुभएको छ ।

 

प्रकाशित मितिः सोमवार, माघ ८, २०७४     4:26:58 PM  |