21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

अमेरिकामा लुटेराहरुद्वारा नेपालीको हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ ८, २०७४  

वाशिङटन डिसी,८ माघ/  अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् ।

टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् ।

सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए ।

प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी रहेको बताएको छ । उनी केही समयअगाडि नेपालबाट आएका थिए ।

दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए ।

प्रकाशित मितिः सोमवार, माघ ८, २०७४     9:29:23 AM  |