कविन्द्र परियार : कोहलपुर,७ माघ/ बाँकेको कोहलपुर नगरपालिका —८ पिपिरीमा शितल नगर टोल सुधार समितिको गठन गरिएको छ । समितिको कोहलपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रेशम खत्रीले कार्यालयमा रहेको रिबन काटेर उद्घाटन गरेका थिए ।
समितिका उपाध्यक्ष ललित बुढाथोकीले समितिले गरेका कार्यहरुको प्रतिवेदन पेश गर्दै सामाजमा रहेका विसङगतिहरु विरुद्ध काम गरिरहेको बताए ।
केही वर्ष देखि निरन्तर समाज सेवाको क्षेत्रमा नियमित काम गर्दै आएको हाल वैधानिक तरिकाले दर्ता भई आएकाले समाज सेवाको क्षेत्रमा कटिवद्ध भई काम गर्ने बुढाथोकीले बताए ।
समितिले आफ्नो गाउँ आफै बनाउँ भन्ने नारा लिई बाटो ग्राभेल,जाडँरक्सी नियन्त्रण, टोल सरसफाई तथा जुवातास नियन्त्रण गर्दै आएको कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रेशम खत्रीले टोल सुधार समितिले समाजमा रहेका विसङ्गी विरुद्ध काम गरी समता मुलक समाज निर्माणमा सबै लाग्नुपर्ने बताए ।
कोहलपुर नगरकार्यपालिका सदस्य भिम बहादुर नेपालीले अबको स्थानीय सरकारले हरेक टोल समिति निर्माण गर्ने र समाजको विकास निर्माण लगायतका क्षेत्रमा काम गर्न टोल सुधार समितिका लागि नगरपालिकाले कानून बनाउन शुरु गरिसकेको बताए ।
कोहलपुर नगरपालिका वडा नं ८ का वडा सदस्य जस चदारा,दलित महिला सदस्य इन्दिरा सुनार,शितल छाँया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल विर टमटा,प्रगतिसिल आमा समुहकी अध्यक्ष सरसस्वती परियार, अस्थायी प्रहरीचौकी हवलदारपुरका प्रतिनिधि चोप बहादुर थापा, पिपिरीटोल सुधार समितिका तुलसी देवकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शितल नगर टोल सुधार समितिको अध्यक्ष सोवर्ण लाल खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो ।









प्रतिक्रिया दिनुहोस्