कपिलवस्तु,६ माघ/ प्रदेश नम्बर–५ को राजधानी रुपन्देही तोकेको विरोधमा शनिबार कपिलवस्तुमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लादहन गरिएको छ ।
प्रदेश–५ को राजधानी कपिलवस्तुमा बनाउन माग गर्दै आएका प्रदर्शनकारीले पुत्ला जलाएका हुन् ।
कपिलवस्तु युवा संघर्ष समितिले ऐतिहासिक महत्व बोकेकोे जिल्ला कपिलवस्तुमा प्रदेशको राजधानी तोक्नुपर्ने माग राखी प्रदर्शन गरेर सदरमुकाम तौलिहवामा प्रधानमन्त्री देउवाको पुत्ला जलाइएको हो ।
बन्द तथा चक्काजामलेमात्र मागको सुनुवाइ नभएकाले थप दबाब दिन प्रधानमन्त्रीको पुत्ला जलाउनुपरेको संघर्ष समितिका संयोजक रउफ अहमद खाँले बताए ।
आन्दोलन निरन्तर रहने र प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षणपत्रसमेत बुझाइने समितिका सचिव बृजेश भटराले जानकारी दिए ।
प्रकाशित मिति : २०७४ माघ ६ गते शनिबार









प्रतिक्रिया दिनुहोस्