बर्दियामा झुन्डिएको अवस्थामा शव फेला



बर्दिया,४  माघ/  बर्दियाको मधुवन नगरपालिका वार्ड नम्बर–५ का शेरबहादुर वलीको शव झुन्डिएको अवस्थामा प्रहरीले फेलापारेको छ ।

घाँटीमा डोरीले बाँधिएको र रुखमा झुन्डिएको अवस्थामा उनको शव बिहीबार स्थानीय चिरौटे सामुदायिक वनमा फेलापरेको हो ।

४४ वर्षीय वली बेपत्ता भएको स्थानीयबाट जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय बर्दियाबाट विशेष टिम नै परिचालन गरी खोजी गरिएको थियो ।

घना जंगलभित्र झुन्डिएको अवस्थामा वलीको शव फेलापरेको हो ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जिप्रका बर्दियाका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।

शवलाई पोस्टमार्टम्का लागि बर्दिया जिल्ला अस्पतालमा ल्याइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ४ गते बिहीबार