नेपालगञ्ज,२ माघ/ प्रहरीले ईटालियन पेस्तोल र चार राउण्ड म्यागेजिन सहित स्थानीय माओवादी नेतालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
नेपाल प्रहरीको ५ नम्बर प्रदेशको विषेश व्यूरोबाट खटिएको टोलीले बाँके खजुरा गाउपालिका– ५ उढरापुरबाट ३८ वर्षिय गरिवे शेषलाई एकथान ईटालियन ६.५ को पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोली म्यागेजिन सहित पक्राउ गरेको हो ।
पक्राउ परेका शेष जिल्ला प्रहरी कार्यालय बाँकेको हिराशत कक्षमा रहेका छन् । उनको साथमा रहेको भे ५ प ४२०४ नं. को डिस्कभर मोटरसाईकल समेत प्रहरी नियन्त्रणमा छ ।
प्राप्त सूचना अनुसार शेषले हतियारको डिलगरी ५० हजार भारतीय रुपैयाँमा विक्रि गरेकोे अवस्थामा सो रुपैयाँसहित पक्राउ परेका हुन् । तर, प्रहरीले भने शेषको साथबाट कुनै पनि रुपैयाँ बरामद नभएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेकोको मुद्दा फाँटका ईन्चार्ज रणबहादुर विष्टले प्रहरीले शेषको साथबाट हतियार र त्यसको गोलीमात्र बरामद भएको दावी गरे ।









प्रतिक्रिया दिनुहोस्