प्रादेशिक महोत्सवको प्राथामिकता साँस्कृतिक कार्यक्रमतर्फ



नेपालगन्ज ,१ माघ/  नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा नेपालगन्जमा आगामी माघ ११ देखि २२ गतेसम्म हुन लागेको प्रादेशिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

 कृषि, जडिबुटी, उद्योग, व्यावसायको विकास तथा समृद्धिको लागि नेपालगन्जको कारकाँदोमा रहेको सडक विभागको परिसरमा आधुनिक सभागृह र प्रदर्शनी स्थल निर्माण गर्ने भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघले करिव १० वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ ।
‘सडक विभागको परिसरमा आधुनिक सभागृह र प्रदर्शनी स्थल निर्माण गर्ने भन्दै हरेक वर्ष जसो संघले मेला महोत्सवको आयोजना गर्दै आएको भए पनि हालसम्म निर्माणको कुनै पनि काम थालनी गरेको छैन’– संघका निवर्तमान उध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भने–‘मेरै पालामा १ करोड बढी रकम आधुनिक सभागृह र प्रदर्शनी स्थल निर्माण गर्नेको लागि जम्मा भएको छ । तर, केही काम अगाडि बढ्न सकेन ।’
उसो त सभा हल र प्रशर्दनी स्थलको निर्माणको लागि संघले मेला महोत्सवको आयोजना गर्दै आएको भएपनि उद्योग, कलकारखाना, व्यावसाय, कृषि र जडिबुटीको क्षेत्रमा भएका सम्भावनाहरुको खोजि गरिने मुल नारा भए पनि महोत्सवको केन्द्र बिन्दू नितान्त साँस्कृतिक कार्यक्रम मात्र हुने गरेको व्यावसायीहरुको आरोप छ ।

Sadarline.com

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १ गते सोमबार