बाँसगढीमा दुई सय बढीमा मोतिबिन्दूको समस्या



रावन बिश्वकर्मा : बर्दिया,३० पुस/   बाँसगढी नगरपालिका भित्र २ सय २० जना आँखाका बिरामीमा मोतिबिन्दु देखिएको छ । शनिबार बाँसगढी नगरपालिकाको मोतिपुर र बेलवा स्वास्थ्य चौकीमा भएको निशुल्क आँखा जाँच तथा उपचार शिविरमा आँखा जाँच गराउन आएका बिरामी मध्य २ सय २० जना आँखाका बिरामीहरुमा मोतिबिन्दुको समस्या देखिएको हो ।

मोतिपुर स्वास्थ्य चौकीमा भएको शिविरमा ५ सय जनाले आखा जाँच गरेकोमा १ सय ६४ जना र वेलवामा २ सय २५ जना आँखाका बिरामी जाँच गर्दा ५६ जना आँखाका बिरामीमा मोतिबिन्दुको समस्या देखिएको जनाइएको छ ।

नगरपालिका भित्र रहेका आँखाका बिरामीहरुलाई समयमै पहिचान गरी उपचार गर्ने उदेश्यका साथ बाँसगढी नगरपालि र नेपाल रेडक्रस मोतिपुर शाखाको आयोजनामा नेपाल रेडक्रस सोसाईटी शिवगंगा आँखा उपचार केन्द्र गुलरिया र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो ।

शिविरमा आएका आँखाका बिरामीहरुको चेक जाँच, निशुल्क औषधी बितरण, आवश्यकता अनुसार स–शुल्क चस्मा वितरण र मोतिबिन्दू भएका बिरामीको छनोट गरी निशुल्क अप्रेशनको लागि नेपाल रेडक्रस सोसाईटी शिवगंगा आँखा उपचार केन्द्र गुलरियामा सिफारिस गरिने रेडक्रस जिल्ला सभापति कृष्ण गौतमले जनाए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ३० गते आइतबार