भीम रावत पुस २९/ कोहलपुर नगरपालिका–१४ हवलदारपुरमा लागु औषध दुव्र्यसनी विरुद्धको साझा ¥याली र कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार समाज सेवा संस्था हवलदारपुर र लागु औषध नियन्त्रण समिति वडा नं. १४ को संयुक्त आयोजनामा “यमराज भन्दा खतरा छ, लागु औषधको प्रयोगले जीवन अलपत्र छ” भन्ने मूल नारा सहित लागु औषध दुव्र्यसन विरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा लागु औषध नियन्त्रण समिति वडा नं. १४ का सदस्य एवं समाजसेवी रामगोपाल तमोलीले कार्यक्रमका सबैलाई स्वागत गर्दै दुव्र्यसनी विरुद्धको अभियानमा स्थानीयवासीहरु सचेत हुनु पर्ने बताए ।
उनको आग्रह थियो ‘ यस्तो अभियानमा स्थानीयवासीहरु आफ्ना छोरा–छोरीहरु कहाँ जान्छन् र के गर्दछन् भन्ने ख्याल राख्न सुझाव दिए । कार्यक्रममा आफ्ना व्यस्तताका कारण ढिलो गरी पुगेका कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगररपालिका प्रमुख लूट बहादुर रावतले आफ्ना बालबालिकाहरुलाई लागु औषध दुव्र्यसनमा लागेको छ वा छैन , उसको लवाइ– खवाई वा साथी सँगत कस्तो छ , त्यसबारेमा अभिभावकहरुले चनाखो भएर हेर्नु पर्ने बताए ।
प्रमुख रावतले केही हप्ता अघि कोहलपुर नगरपालिकालाई सुर्तिजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरेको स्करण गराउदै यसलाई अवज्ञा गर्ने वा कार्यान्वयन गर्न आनाकानी गर्नेहरुलाई अनुगमन पश्चात कारबाही गरिने समेत बताए । उनले भने,– ‘ नगरपालिकाले घोषणा गरेको कार्यक्रमलाई कार्यान्वयन नगर्ने जो कसैलाई पनि अनुगमन गर्दा अझ पनि विक्रीवितरण गरिरहेको पाइएमा चरणवद्ध कारबाही गरिने प्रतिवद्धता जनाए । त्यस्तै ईलाका प्रहरी कार्यालय कोलहपुर प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराई लागु औषध दुव्र्यसनमा लागेका व्यक्तिहरुबाट अपराधिक क्रियाकलापहरु हुन सक्ने संभावना बढी हुने बताउदै लागु औषध प्रयोगकर्तालाई कारबाही गर्ने कानून फौजदारी अभियोगको भन्दा पनि कडा रहेको बताए ।
लागु औषधको अभियोगमा पक्राउ परेको व्यक्तिलाई ३ महिना सम्म थुनामा राखेर अनुसन्धान गर्न पाइने प्रावधान रहेको जानकारी गराए । समाज सेवा संस्थाको प्रमुख आयोजनामा लागु औषध तथा दुव्र्यसन नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम गरेको प्रशंसा गर्दै समाजका कुनै पनि संघ संस्थाहरुले गरेका यस्ता कार्यक्रहरु प्रति ईलाका प्रहरी कार्यालय कोहलपुरको सधै सहयोग रहने प्रतिवद्धता जनाए ।
साथै भट्टराईले केही समय पश्चात नै कोहलपुर प्रहरीले विद्यालयहरुलाई लक्षीत गरी लागु औषध तथा दुव्र्यसन नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको समेत जानकारी गराए ।
त्यस्तै सृजना प्राविका प्र.अ. जीत बहादुर थापा , सहारा हाउस प्रमुख ओबिराज लगायतले लागु औषध दुव्र्यसनीले लागु औषध सेवनकर्तालाई मात्र होइन, उसको परिवार र समाजलाई समेत नकारात्मक ढंगले कुबाटोतिर लिइरहेको बताउदै हरेक अभिभावकहरुले समयमै आफ्ना बालबालिकाहरुलाई सचेत गराई लागु औषध दुव्र्यसनको कुलतमा फस्नबाट जोगाउनु पर्ने सुझाव दिए ।
लगु औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक साझा ¥याली राम मावि हवलदारपुरको प्राङ्गनबाट शुरु भई बजार परिक्रम गरी विद्यालयकै प्राङ्गनमा पुगी अनौपचारिक सभामा रुपान्तरण भएको थियो । कार्यक्रमको सञ्चालन समाज सेवा संस्था हवलदारपुरका अध्यक्ष विनोद थापाले गरेका थिए ।
प्रकाशित मिति : २०७४ पुस २९ गते शनिबार









प्रतिक्रिया दिनुहोस्