नेपालगञ्ज,२८ पुस/ ‘रक्तदान जिवनदान’ भन्ने मुल नाराका साथ शनिबार मारवाडी युवा मञ्च नेपालगन्जले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
मारवाडी युवा दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
मञ्चका अध्यक्ष महेश अग्रवालले रगतको अभाव खड्किएर कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको बताए ।
रक्तदान गरौं अरु र आफ्नो जिवन बचाऔं भनेर रक्तदान कार्यक्रम गरिएको अग्रवालले बताए ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा शितलनगर मन्दिर परिसरमा विहान ९ बजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष अग्रवालले बताए ।
उनले कार्यक्रममा स्वयंसेवी रक्तदाताहरुलाई रक्तदानका लागि आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०७४ पुस २८ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्