कबड्डी प्रतियोगिताको पहिलो खेलमा आर्मी, दोस्रोमा महिला टिम विजयी



बर्दिया,२५ पुस/  अखिल नेपाल कबड्डी संघको आयोजनामा ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ स्थित शिंहबाहिनी खेल मैदानमा सोमबारबाट सुरु भएको राष्ट्रिय कबड्डी प्रतियोगिता बर्दियामा पहिलो पटक आयोजना भएको हो । दोस्रो खेलमा सुदुरपश्चिमको  महिला टोली विजयी भएको छ ।

राष्ट्रिय कबड्डी प्रतियोगिता २०७४ को पहिलो खेलमा नेपाल आर्मीको महिला टिमले कब्जा जमाएको छ । सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीको महिला टिमले मध्यमान्चलको महिला टिमलाई ५८–२५ को अन्तरले हराउदै विजयी भएको हो ।

त्यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई हराउदै सुदुरपश्चिमको महिला टोली विजयी भएको छ । सुदुरपश्चिम (महिला) टिमले विभागीय टिम नेपाल पुलिस क्लबलाई ३३–३० को प्रतिस्पर्धात्मक अन्तर निकाल्दै बिजयी भएको हो ।

सुदुरपश्चिमको टोलीले ३३ अंक ल्याउदा विभागीय टोली नेपाल पुलिस क्लबले ३० अंक बटुल्न सफल थियो । सोमबारकै तेस्रो खेलमा अब शशस्त्र प्रहरी बल (महिला) र पुर्वान्चल भिड्दै छन ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २५ गते मंगलबार