वाम एकतामा अनावश्यक हस्तक्षेप नगर्न विदेशी शक्तिलाई योगेशको आग्रह



काठमाडौं,२३ पुस/   नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम एकतामा विदेशी शक्तिलाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ ।

शनिबार ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारद्वारा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उहाँले वाम एकता मुलुकको आन्तरिक कुरा भएकाले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गर्नुभएको हो ।

कुनै पनि शक्तिले वाम एकता भाँड्न नसक्ने दाबी गर्दै उहाँले चाँडै नै नेपाली कम्युनिस्ट शक्तिबीच एकता हुने बताउनुभयो ।

उहाँले संविधानको गलत व्याख्या गरेर निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिकको मतपरिमाण सार्वजनिक नगरेको आरोप लगाउनुभयो । उहाँले आयोगलाई विलम्ब नगरी मतपरिणाम सार्वजनिक गर्न आग्रह पनि गर्नुभयो । उहाँले अब देश विकासमा लागी आर्थिक समृद्धिको अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले पाँच वर्षमा ताप्लेजुङको विकासले कोल्टे फेर्ने बताउनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २३ गते आइतबार