दुई मूक्तकहरु



– महानन्द ढकाल

 

 

जब सरकार उज्यालो हुनेछ, भन्सार उज्यालो हुनेछ ।
बाटा–घाटा उज्याला हुनेछन्, धन्सार उज्यालो हुनेछ ।

आऊ एक कदम माथि उठौं मनको मैलो पखालेर
घरवार उज्यालो हुनेछ, यो संसार उज्यालो हुनेछ ।

 

 

 

 

       

    – यान प्रकृति

 

यहाँ देशमा विकासको गति उस्तै छ
बिग्रेका नेता ज्यूहरुको मति उस्तै छ

हुने खानेहरुको हालिमुहाली हुदै जाँदा
दिन दुखीहरुको अझै दुर्गती उस्तै छ

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २२ गते शनिबार