हुम्ला,२० पुस/ हुम्ला जिल्लाको विभिन्न गाउँमा फैलिएको रुघा खोकीले ६ जनाको मृत्यु भएको भएको छ । तााजाकोट गाउँपालिकामा दुई र सर्केगाढ गाउँपालिकामा चारजना गरी पछिल्लो एक हप्तामा ६ जनाको मृत्यु भएको हो ।
बढेको चिसो र धुँवाधुलोले रुघा खोकी लागेर बृद्धबृद्धासहित जवानको पनि मृत्यु भएको हो । रुघा खोकी लाग्ने, ज्वरो आउने, हात खुट्टा लगातका शरीरिरका अंग दुख्ने लक्षण देखिने बिरामी गाउँमा बढेको स्थानीय बासिन्दाले जनाएका छन् ।
मृत्यु हुनेमा ताजाकोट गाउँपालिका–५ की ८० वर्षिया नन्दकली नेपाली र २५ वर्षकी रन्देवी नेपाली रहेका छन् । यस्तै सर्केगाढ गाउँपालिका–७ रोडीकोटगाउँमा चारजनाको मृत्यु भएको छ । ९१ वर्षका भ्याले कार्की, ९२ वर्षका खैरे शाही, ८८ वर्षका गोरे जैशी र शंकर रोकायाको मृत्यु भएको स्थानीय बासिन्दा राजबहादुर बुढाले बताउनुभयो ।
प्रकाशित मिति : २०७४ पुस २० गते बिहीबार









प्रतिक्रिया दिनुहोस्