अपत्यारिलो चुनाव खर्च, कार्यकर्ता नै परे अचम्ममा !



काठमाडौँ,२० पुस/ सर्वाधिक खर्चिलो चुनाव लडेका नेताहरुले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण तोकिएको भन्दा ज्यादै थोरै छ । नेताहरुले चुनावभर सँगै हिँडेका र पैसाको चलखेल आँखाले देखेका खाफ्नै कार्यकर्तासमेत अचम्म पर्ने खालको खर्च विवरण बुझाईरहेका छन् ।

आयोगको सीमाभन्दा कयौँ गुणा बढी रकम चलखेल गरेर चुनाव लडेका नेताहरुले आयोगले तोकेभन्दा कमै खर्चमा चुनाव लडेको दाबी पेस गरेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चुनावमा अत्याधिक खर्च गर्नेहरुमध्येका नेता मानिन्छन् ।

तर दुवैले निर्वाचन आयोगले तोकेभन्दा कमै खर्च गरेको विवरण दिएपछि कार्यकर्ता नै अचम्ममा परेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २० गते बिहीबार