बर्दिया,२० पुस/ बाँसगढी नगरपालिका–८ भैसासुरमा रहेको जलवायु मैत्री गाउँको संयुक्त अनुगमन भम्रण गरिएको छ । जैवीक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–वर्ड) संस्थाले सञ्चालन गरेको परियोजना अन्तरगत जलवायु मैत्री गाउँ भैसासुरको बुधबार सरोकारवालाहरुले संयुक्त अनुगमन गरेका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रशुराम रावत सहितको टोलीले जलवायु मैत्री गाँउ भैसासुरमा नमूना सौर्य उपभोक्ता समुहले गरेको नयाँ प्रबिधि सहितको कृषि प्रणालीको अबलोकन गरेको थियो ।
अनुगमनको क्रममा उपभोक्ता समुहमा आवद्ध कृषकहरुले शुन्य खनजोतमा गँहु खेती, डडुवा सहने जातको आलु खेती, गुरीलाल चौधरी र तेजलाल चौधरीले ६ कट्ठा जग्गामा गुमच र टनेल प्रविधिबाट गरिएको काँक्रा खेती, सौर्य उर्जामा आधारित सिंचाई कार्यक्रम, सिंचाईका लागि निर्माणाधिन पानी ट्याङ्कीको अवलोकन गरिएको थियो । जलवायु परिवर्तबाट परिरहेको असरबाट बच्नको लागि र त्यसलाई न्यूनिकरण गरेर कृषकहरुले बढीभन्दा बढी लाभ कसरी लिन सक्छ भन्ने कुराको अभ्यास गराउनको लागि जलवायु मैत्री परियोजनाको निर्माण गरिएको रिवर्डका जिल्ला कार्यक्रम संयोजक बिष्णु ढकालले बताए ।
उनले जलवायु मैत्री प्रविधिहरुको अभ्यासहरु कृषकहरुलाई गराउने र जुन अभ्यासहरु कृषकहरुले रुचाउनु हुन्छ त्यसलाई प्रचार प्रसार गर्ने र थप सहयोग प्रदान गर्नको लागि परियोजना तयार गरिएको बताए ।
जलवायु मैत्री परियोजना अन्तगर्त बर्दिया जिल्लाको ९ ओटा गाँउका करिब २ सय १४ घरधुरी लाभाम्भित भएको रिवर्ड संस्थाले जनाएको छ । संयुक्त अनुगमन टोलीमा जिल्ला कृषि विकास कार्यालय बर्दियाका प्रमुख प्रशुराम रावत, बाँसगढी नगरपालिकाका उपप्रमुख सुष्मा चौधरी, कृषि समन्वय समिति बाँसगढीका संयोजक तिलक हमाल, गुलरिया नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामनारायण प्रसाद दुवारी, वडा नम्बर १२ का वडा अध्यक्ष रामकुमार थारु, बाँसगढी नगरपालिका वडा नम्बर २ का अध्यक्ष घमण्ड चन्द्र, ३ का अध्यक्ष प्रेम राज पौडेल, लिवर्ड संस्थाका जिल्ला कार्यक्रम संयोजक बिष्णु ढकाल, लगायत कृषक सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
रिवर्ड संस्थाले बर्दिया जिल्लामा जिविकोपार्जन सुधार तथा समानुकुलन क्षेमता अभिवृद्धि कार्यक्रम, जलवायु मैत्री गाउँ, मसुरो बाली परीक्षण कार्यक्रम गुलरिया र बाँसगढी नगरपालिका र बहैयाताल गाँउपालिकामा सञ्चालन गरेको छ । यि कार्यक्रमबाट जिल्लामा करिब ९ सय ३४ जना कृषकहरु लाभाम्भित भएका छन ।









प्रतिक्रिया दिनुहोस्