रावन बिश्वकर्मा, बाँसगढी, १८ पुस बर्दिया जिल्लामा दिन प्रतिदिन बालबिवाह बढ्दो रहेको देखिएको छ । मध्यपश्चिमका जिल्लाहरु दैलेख र बर्दियामा हुने बाल तथा जवर्जस्ती बिवाह निर्मुल परियोजना अन्तरगत आवाज संस्थाले बर्दियाको बहैयाताल गाँउपालिकामा आइतबार पत्रकारहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा बालबिवाहको अवस्थाको बारेमा जानकारी गराउदै ९५ प्रतिशत घरधुरीहरुमा बालबिवाह भइरहेको जानकारी गराएको छ । संस्थाकी कार्यक्रम अधिकृत गंगा श्रेष्टले वालबिवाहको अवस्थाको बारेमा जानकारी गराउदै जिल्लामा २६.५ प्रतिशत बाह्मण, ९ प्रतिशत दलित, १० प्रतिशत थारु, १८ प्रतिशत जनजाती, ४ प्रतिशत मधेसी र ५ प्रतिशत मुस्लीमले २० वर्ष नपुग्दै बिवाह गरेको बताइन । नेपालको संविधान २०७२ ले बाल बिवाहलाई बालअधिकारको हन्नको विषयमा दण्डनीय अपराधको रुपमा स्वीकार गरेको छ । सविधानको धारा ३९ बालबालिकाको हक (उपधारा ५) मा कुनै पनि बालबालिकालाई बाहबिवाह, गैरकानुनी ओसारपसार र अपहरण वा बन्धकमा राख्न नपाइने उल्लेख गरिएपनि यो आर्थिक वर्षमा बर्दिया जिल्लामा बालबिवाहको कुनै पनि उजुरी परेको छैन । संस्थाले २०१७ अग्रस्ट देखि २०१९ जुलाई सम्म सञ्चालन हुने बाल तथा जवर्जस्ती बिवाह निर्मुल परियोजनाका लागि १ करोड ३० लाख ८६ हजार ४० रुपैया बराबरको बजेट विनियोजन समेत गरेको छ । बालबिवाह निर्मुलका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन समेत गरेको गरिरहेको जनाएको छ । बालबिवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ ले पनि सन २०४० सम्म नेपालबाट बालबिवाह अन्त्य गर्ने मुख्य लक्ष्य लिएको छ । जसका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न खाले अभियान तथा कार्यक्रमहरु सञ्चालन गरिरहेका छन ।
प्रकाशित मिति : २०७४ पुस १८ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्