कविन्द्र परियार कोहलपुर १७ बाँकेमध्य र सुदरपश्चिमको केन्द्र विन्दुको रुपमा रहेको कोहलपुर बसपार्क कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । कोहलपुर बसपार्कलाई सुन्दर व्यवस्थित गर्न गर्नका लागि कालोपत्र गर्न लागिएको कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले बताए ।
कोहलपुर नगर विकास समितिको ५ करोड ४० लाखको लागतमा कालोपत्र गर्न लागिएको र सो कार्यका लागि सोमबार (आज) को बैठकबाट टेण्डर आवाहन गर्न निर्णय हुने बताए । पुस २० गते सम्म टेण्डर निस्कने र फागुनको दोस्रो साता भित्र छोटो दुरीको कालोपत्रे गर्न सुरु गरिने खड्काले बताए । कालोपत्र गर्नका लागि सम्पुर्ण तयारी पुरा भईसके पनि पि.पि.एम मार्फत टेण्डर गर्नु पर्ने लाइनका कारण केही ढिलाई भए पनि अब छिट्टै काम शुरु गरिने खड्काको भनाई रहेको छ ।
छोटो दुरीको बसपार्क क्षेत्रको जम्मा १४ हजार ४ सय २५ वर्ग मिटर मध्ये भित्र एक करोड बराबर १४ कोठाको दुईतले भवन , ८ वटा बसबर्थ १ वटा टिकट काउन्टर फुटपाथ,ढल निकास लगायतका संरचना बनाइने र बाँकी ८ हजार ८ सय ७४ वर्ग मिटर भित्र पुरै कालोपत्र गरिने कोहलपुर नगर विकास समितिका ईन्जिनियर धर्मेन्द्र कुमार यादवले जानकारी दिए । बसपार्क कालोपत्र गर्ने क्रममा साविकका भौतिक सबै संरचनाहरु भने भत्काईने नगरविकास समितिले जनाएको छ । यता कोहलपुर बसपार्क सुधार समितिका अध्यक्ष कृष्ण रानाभाटले पनि सो कार्यमा बसपार्क सुधार समितिले अप्ठ्याराहरु हटाइ दिने र आवश्यक सहयोग गर्ने बताएका छन । त्यस क्षेत्रमा रहेका अन्य केही संरचना हाललाई यथावत रहे पनि नगरविकास समितिले आवश्यक तयारी पछि व्यवस्थित गरिने गरिने बताइएको छ । बसपार्क पिच हुने समय अवधिभर लामो दुरीको बसपार्क क्षेत्र वा न्युरोड छेउको खाली मैदान बाट यातायातका साधनहरु संञ्चालन गरिने समेत अध्यक्ष खड्काले बताए । यता लामो दुरीको बसपार्कको लागि भने नगरविकास समितिले कोहलपुर नगरपालिकालाई ५ विगाह जमिन ३० वर्षका लागि ठेक्कामा दिइएको र नगरपालिकाले नगरविकास कोष
(टि.डी.एफ) संगको सहकार्यमा बसपार्क निमार्ण गरी नगरपालिकालाई हस्तान्तरण गरी सकेपछि सञ्चालनमा आउने बताइएको छ ।
प्रकाशित मिति : २०७४ पुस १७ गते सोमबार









प्रतिक्रिया दिनुहोस्