नेपालगन्ज पुस १६,नेपालगन्जको चार तारे होटल सिग्नेट इन कृष्णा बाट प्रहरीले २ युवतीको उद्वार गरेको छ । शनिबार मध्यराती जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले होटलबाट २ युवतीको उद्वार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी राजेन्द्र अर्यालले युवतीहरुले आफुहरुमाथि जबरजस्ती करणी गरेको बताएको जानकारी दिनुभयो । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सुर्खेतका २ पुरुषहरुलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ । प्रहरी स्रोतका अनुसार उद्वार गरिएका युवतीहरु १९ र २६ बर्षकी रहेका छन् ।
प्रहरी उच्च स्रोतले भन्यो, युवतीहरुमाथि साँच्चिकै बलात्कार भएको हो की सहमतीमा नै यौन सम्बन्ध राखेर, पछि बलात्कार गरेको आरोप लगाइएको हो त्यो अनुसन्धानपछि खुल्ने नै छ । स्रोतका अनुसार युवती र ती पुरुषहरु सँगै नै होटलमा प्रवेश गरेका हुन् । यसबारे थप जानकारी आउन बाँकी नै रहेको छ । paschimnews
प्रकाशित मिति : २०७४ पुस १६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्