भारतको रुपैडिहामा नेपाली युवाको शवं फेला, अनुसन्धान जारी



नेपालगन्ज ।भारतको रुपैडिहामा एक नेपाली युवाको शवं फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकादेखि करिव डेढ किलोमिटर भारतीय भूमिमा नेपाली युवा मृत अवस्थामा भेटिएका हुन् ।प्रहरीका अनुसार भारतको रुपैडिहामा रहेको पेट्रोलपम्प नजिकै वेवारिसे अवस्थामा युवाको शवं आइतबार फेला परेको हो । मृतकको खल्तीमा भेटिएको बसको टिकटको आधारमा नेपाली नागरिक भएको भन्दै भारतीय प्रहरीले नेपाल प्रहरीलाई खबर गरेको थियो ।भारतीय प्रहरीका अनुसार मृतकको गोजिमा भेटिएको बसको टिकटमा नाम पुर्णमान श्रेष्ठ लेखेको र बुटवलदेखि नेपालगन्जसम्म आएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रणबहादुर विष्टले भारतीय प्रहरीले घटनाको जानकारी गराए लगत्तै टिकटको आधारमा मृतकको आफन्तको खोजि सुरु गरिएको जानकारी दिनुभयो ।

घटनास्थलको अवस्था र शरिरमा कुनै चोटपटक नलागेको कारण उनको मृत्यु अत्याधिक माधक पदार्थ सेवन गरेका कारण चिसोमा कठांग्रीएर भएको हुन सक्ने प्रारम्भिक अनुसंन्धानले देखाएको प्रहरीले जनाएको छ ।

युवकको शवं पोष्टमार्टमको लागि भारतीय जिल्ला अस्पताल बहराईच पठाईएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ९ गते आइतबार