*** निष्ठुरी यो पापी शहर ***



हिड्दा हिड्दै थाकीसके म, टुहुरा यी मेरा रहर
सयौ चोट दियो मलाई, निष्ठुरी यो पापी शहर

बेइमानी झुठाको राज, दया माया कुनचै चरा
इमान यो बिना कामको,सत्य मर्छ हर प्रहर
सयौ चोट दियो मलाई, निष्ठुरी यो पापी शहर

धर्म कर्म पैंतला मुनी,पैसै ब्रह्मा विष्णु महेश
कालो मेघ छायो डरको,मृत्युको यो कस्तो कहर
सयौ चोट दियो मलाई, निष्ठुरी यो पापी शहर

**** जापान बसाई यो, रुवाई न हसाई ***

विरानो यो देशमा,आफ्ना पनी पराई
जापान बसाई यो, रुवाई न हसाई

दिन होस या रात,कामकै छ चटारो
पढाई हेरु भने, हुदैँन नी कमाई

छैन बचत केही,गधाझैं खटिए नी
हातमा लाग्यो शुन्य,गाक्कोलाई बुझाइ

संघर्षको हिलोझै,विदेशको जिन्दगी
फुल्न सके कमल,नत्र जान्छ बिलाई

लडु चाहे गलु म, लक्ष्य बाट टाढिन्न
मात्र अगि बढ्नु छ,पीडा जती भुलाई

**** बन्जर मरुभूमी ****

सपना खेती
बन्जर मरुभूमी
धमिलो आशा

शुन्य आकाश
न आफ्ना न पराई
एक्लो जीवन

गाउँको याद
बल्झिँदा अनायसै
भक्कानो छुट्छ

फर्कौ कसरी
गलिसक्यो यो ज्यान
ऋणकै बोझ

बाँच्नु छ गाह्रो
मर्न नि सकिएन
रुवाई आमा

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ६ गते बिहीबार